पेन्टीमा पकेट बनाइ लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट एक पक्राउ


काठमाडौं – पेन्टीमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् ।

कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे नेपाल आएका धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।

यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गर्दा ती यात्रुले लगाएको भित्रि वस्त्रमा फल्स पकेट बनाएर ल्याएको बिस्कुट आकारको सुनसहित पक्राउ गरिएको भट्टराईले बताए ।

उनका अनुसार उनको पेन्टीमा विस्कुट आकारको सुन ४ वटा र सिक्री आकारको एउटा गरी जम्मा ५१६.५ ग्राम सुन बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

प्रतिक्रिया