
निर्वाचनमा एक सिट नजितेको माओवादीले पायो काठमाडाैँ महानगरको कार्यपालिकामा एक स्थान
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले काठमाडौं महानगर कार्यपालिकामा एक स्थान पक्का गरेको छ। कार्यपालिका सदस्यमा माओवादीका तर्फबाट अनिता कार्की विजयी भएकी छन्।
यस्तै, एक जना एकीकृत समाजवादी र बाँकी नेपाली कांग्रेसका प्रतिनिधि जितेका छन्। कार्यपालिका सदस्यमा बिनोद छामी, महेश नेपाली, कन्चना नेपाली, मीन संह, मिना सुनार, ललिता खङगी विजयी भएका छन्।
स्थानीय निर्वाचनमा माओवादीले काठमाडौं महानगरमा एक स्थान पनि जितेको थिएन भने माओवादी केन्द्रले एउटा वडा जितेको थियो।
महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह प्रमुख र नेकपा (एमाले) की सुनिता डंगोल उपप्रमुखमा विजयी भएका थिए।



कागजपत्र |
