काठमाडौँको फोहोर व्यवस्थापनका लागि नास्टका वैज्ञानिक लिएर सिसडोल जाँदै मेयर बालेन


काठमाडौं- काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोली आज सिसडोल जाँदैछ। काठमाडौँ महानगरका मेयर बालेन शाहको आग्रहमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न सिसडोल जान लागेको हो।

काठमाडौँको मुख्य समस्या रहेको फोहोर व्यवस्थापनका लागि निर्वाचित भएसँगै मेयर बालेनको सक्रियता बढेको छ। सिसडोलका स्थानीयसँग महानगरका यसअघिका मेयर विद्यासुन्दर शाक्यले गरेको सहमति कार्यान्वयन नभएपछि सिसडोलबासीले फोहोर फाल्ने काममा अवरोध पुर्याएका थिए।

हिजो सोमबारमात्रै सिसडोल क्षेत्रका जनप्रतिनिधि, मेयर बालेन, उपमेयर सुनिता डंगोल, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको बैठकमा सहमति जुटेपछि आजबाट फोहोर पनि उठाउन थालिएको छ। फोहोरको गन्ध कम गर्न केमिकल पनि प्रयोग गरिएको छ।

प्रतिक्रिया