भोलिदेखि काठमाडौंको फोहोर उठ्ने (सहमतिपत्रसहित)


काठमाडौं – काठमाडाैं उपत्यकाको फोहोर भाेलि मंगलबारबाट उठ्ने भएको छ । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको हो ।

आज सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया