सिरहामा चट्याङ लागेर वृद्धको मृत्यु


सिरहा – सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ ।

गाउँनजिकै भौसी चराउन गरको गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीय शिक्षक प्रमोद सिंहले जानकारी दिए । जिल्ला प्रहरी सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले शरीरको केही भाग जलेको जस्तो देखिएको छ ।

शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

प्रतिक्रिया