साडे तीन वर्षदेखि खाली उपसभामुखका बिषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज दिउँसो भएको भेटवार्तामा विगत साडे तीन वर्षदेखि रिक्त भएको उपसभामुख पदको चयनको विषयमा छलफल भएको छ ।

०७४ मंसिरमा सम्मन संघीय संसदको निर्वाचनपछि प्रतिनिधिसभाको उमसभामुख भएकी एमाले सांसद डा. शीवमाया तुम्वाहाङ्फेले २०७५ कात्तिकमा राजिनमा दिएपछि संसदको उपसभामुख पद रिक्त रहेको छ । सोही वर्ष सभामुख पद रिक्त भएपछि सभामुख भएका अग्नीप्रसाद सापकोटाले आफ्नो कार्यकालको उत्तरार्धमा आएर उपसभामुखको चयनका विषयमा चासो देखाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा सभामुख सापकोटाले उपसभामुख चयनको विषयमा छलफल गरेको सभामुखको सचिवालयले पुष्टि गरेको छ । उपसभामुख संवैधानिक परिषदको सदस्य जस्तो गरिमामय पद भए पनि सभामुख प्रतिनिधिसभाको पुरुष भएपछि संविधान अनुसार महिला सांसद सदस्य चयन गर्ने विषयलाई ससदमा प्रतिनिधित्व गर्ने दलले प्राथमिकतामा राखेका छैनन् ।

सभामुख सापकोट नेकपा माओबादी केन्द्रको तर्फबाट सांसद सदस्य रहेकाले उपसभामुख भने फरक दलको महिला सदस्य मात्र उम्मेदवार हुन पाउने संवैधानिक व्यवस्था छ ।

यसैगरी भेटमा सभामुख सापकोटाले विगत एक वर्षदेखि रिक्त संघीय संसदको महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदको चयनका विषयमा समेत छलफल गरेका छन् । राज्यव्यवस्था समिति सभापति शशी श्रेष्ठ पोखरेले हा मन्त्री भए पछि सो समितिको सभापति पद रिक्त छ ।

यस्तै २०४८पछिको प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको सभापति सत्ताधारी दल इत्तरबाट चयन हुँदै आएको छ । तर हाल सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सांसद भरतप्रसाद साहले सो समितिको सभापति छन् । उनले राजिनामा दिएका छैनन् भने नयाँ सभापति चयनको लागि प्रयास पनि गरेका छैनन् । तर सभामुख सापकोटाले प्रधानमन्त्री देउवासँग करिव ११ महिनापछि आएर समितिको रिक्त सभापति पदको विषयमा चासो देखाएका छन् ।

प्रतिनिधिसभामा रहेका विचाराधिन नागरिकता विधेयकका विषयमा समेत प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल भएको छ । बहुचर्चित र चासोको रुपमा लिइएको नागरिकता विधेयक छिटो टुंगामा पुर्याउन सत्ता घटक जनता समाजबादी र विपक्षी लोकतान्त्रिक समाजबादी पार्टीले प्रधानमन्त्रीलाई दबाब दिँदै आएको छ ।

प्रतिक्रिया