बालुवाटारमा देउवा र सापकोटाबीच भेटवार्ता


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज आइतवार भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।

भेटवार्तामा प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरूबीच नागरिकतालगायत विचाराधीन विधेयक, उपसभामुख चयनका विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया