नेपालगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु


बाँके – नेपालगञ्जस्थित दुईवटा अस्पतालमा उपचार गराईरहेका दुई जना संक्रमितको मृत्यु भएको छ । दाङ र रोल्पाबाट उपचारका लागि नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र भेरी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया महिला पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोमा सही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी ४० वर्षीया महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया