

दुईदिन सार्वजनिक बिदा हुँदा जनताले दुःख पाए, तत्काल खारेज गर : शान्ता चौधरी

काठमाडाैँ- नेकपा एमालेकी सांसद शान्ता चौधरीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय अति अव्यवहारिक भएको भन्दै खारेज गर्न माग गरेकी छिन्।
उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै जनताले दुःख पाएको बताएकी छिन्। सरकारले गत १ जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
‘आइतबार समेत हप्तामा दुइ दिन बिदा दिने कुरा अति अव्यावहारिक रहेछ,’ उनले लेखेकी छिन्, ‘जनताले दुख पाए, तत्काल खारेज गर, काम भन्दा बिदा बढी भयो जनताको जनबोली हो है यो!’

