सार्वजनिक शौचालय सञ्चालन गर्न चाहनेलाई काठमाडौँ महानगरको ७ दिने सूचना


काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ​सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

महानगरभित्रका होटल, रेष्टुरेण्ट, बैंक, व्यापारिक मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी र गैर सरकारी संस्थाको शौचालयलाई बनाउने महानगरको गत १६ गतेको बैठकले निर्णय गरेको थियो।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइले सात दिनभित्र बबरमहलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया