देशभर थप २६ जनामा कोरोना पुष्टी, ९ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या २६ जना रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ६०५ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ ।

त्यस्तै देशभर थप ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ८२ हजार ४१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १११ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया