संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री


काठमाडौं- प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए।

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया