यस्तो छ माओवादीका नवनिर्वाचित जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण (फोटोफिचर)


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेकोछ  ।

राजधानीको कुमारी हलमा  आयोजित प्रशिक्षणमा माओवादीले एक सय २१ स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधिहरूको सहभागी रहेको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनिधिहरु सहभागी भएका छन् ।

२ दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।

उक्त अवसरमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षामान पुन, दिनानाथ शर्मा, देवेन्द्र पौडेल, लिलामणि पौडेललगायतको उपस्थिति थियो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो ।

May be an image of 1 person and standing

May be an image of 2 people, people sitting and people standing

May be an image of one or more people and people standing

 

May be an image of 3 people and people standing

 

May be an image of 5 people, people sitting and people standing

 

प्रतिक्रिया