सशस्त्र प्रहरीका कुन दर्जाका कर्मचारीको कति बढ्यो त तलब ?


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट पेश गरे । बजेटअनुसार कर्मचारीहरुको तलब बढाएका छन् ।

नयाँ तलबमानअनुसार सशस्त्र प्रहरीका परिचरदेखि महानिरीक्षकसम्मको तलब बढेको छ । परिचरको सबैभन्दा थोरै ३२३० रुपैयाँ बढेको छ भने आईजीको ९४१० रुपैयाँ बढेको छ । नयाँ आर्थिकवर्षदेखि लागू हुने गरि गरिएको निर्णयमा सशस्त्र प्रहरीमा रहेका विभिन्न १५ दर्जामा कार्यरत कर्मचारीहरुले न्यूनतम २४ हजार ७१० देखि अधिकतम ७२ हजार ९० रुपैयाँसम्म तलब पाउने भएका छन्् ।

सशस्त्रका कुन दर्जाको कति छ त तलबः

क्र.सं. दर्जा हालको तलब बढेको तलब नयाँ तलब
१. सशस्त्र प्रहरी परिचर २१४८० ३२३० २४७१०
२. सशस्त्र प्रहरी जवान २२६८० ३४१० २६०९०
३. सशस्त्र प्रहरी सहायक हवल्दार २३०९० ३४७० २६५६०
४. सशस्त्र प्रहरी हवल्दार २४०९० ३६१० २७६२०
५. सशस्त्र प्रहरी वरिष्ठ हवल्दार २४८०० ३७२० २८५२०
६. सशस्त्र प्रहरी सहायक निरीक्षक २८५७० ४२९० ३२८६०
७. सशस्त्र प्रहरी नायब निरीक्षक ३०२०० ४५३० ३४७३०
८. सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक ३५६०० ५३४० ४०९४०
९. सशस्त्र प्रहरी निरीक्षक ३७९९० ५७०० ४३६९०
१०. सशस्त्र प्रहरी नायब उपरीक्षक ४२३८० ६३६० ४८७४०
११. सशस्त्र प्रहरी उपरीक्षक ४५४६० ६८२० ५२२८०
१२. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ४९३८० ७४१० ५६७९०
१३. सशस्त्र प्रहरी नायब महानिरीक्षक ५३००० ७९५० ६०९५०
१४. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ६२६८० ९४१० ७२०९०
१५. सशस्त्र प्रहरी महानिरीक्षक ६२६८० ९४१० ७२०९०

 

प्रतिक्रिया