बालकुमारीबाट पेस्तोलसहित दुई पक्राउ


ललितपुर — ललितपुरको बालकुमारीबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीका सुरेन्द्र थिङ र सोही स्थानका वीरबहादुर बम्जन छन् । उनीहरूको साथ एक थान अटोमेटिक पेस्तोल त्यसको गोली चार थान र २ थान म्याग्जिन बरामद भएको छ ।

प्रहरी प्रभाग बालकुमारी र प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले सुरेन्द्र र वीरबहादुरलाई पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया