
छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी १७ लाख ठगी गर्ने व्यक्ति पक्राउ
अछाम – त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकले आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएसर एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भन्दै पिडीतबाट १७ लाख ठगी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
