काठमाडौंको उपमेयरमा सुनिताको अग्रता कायम


काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता कायम राखेकी छन् । उनले ६६ हजार ८७८ मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी)का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ११ हजार ६४७ मत पाएकी छन् । हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना भएको छ ।

काठमाडौं महानगरमा वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ ।

प्रतिक्रिया