२२ हजार बढी मतान्तरले वीरगञ्जमा गठबन्धनका सिंह विजयी


वीरगञ्ज – मधेश प्रदेशको एकमात्र महानगर वीरगन्जको नयाँ नेतृत्व चयन भएको छ । वीरगञ्जको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । महानगरका ३२ वटै वडाको मंगललवार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका सिंह विजयी भएका हुन् ।

सिंहले ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित हुँदा एमालेका विजय सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् ।  राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।

सिंहले निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै सिंह मेयरमा निर्वाचित भएका हन् ।

पराजित सरावगी अघिल्लो पटक मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका आलम उपमेयरमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया