

काठमाडौंमा बालेनले कटाए ५० हजार मत

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् ।
पछिल्लो मतगणनाअनुसार १ लाख ५० हजार ५१६ मत गन्दा साहले ५० हजार ३० मत सहित अग्रता कायमै राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन् भने नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् ।
साहले सिंहसँग १९ हजार २६३ मतको अग्रता कायम राख्दा स्थापितसँग २० हजार १५ मतान्तर राखेका छन् । त्यस्तै स्थापित भन्दा सिंह ७५२ मतले अगाडि रहेकी छिन् ।

