

कस्तो हुँदैछ प्रचण्डपत्नी सीताको मुम्बईमा उपचारप्रक्रिया ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचार मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्जुरी हस्पिटलमा उपचार भईरहेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पत्नी दाहाललाई थप उपचारका लागि सोमबार दिल्ली हुँदै मुम्बई लगिएको थियो । काठमाडौंमै रहँदा स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई दुई दिनसम्म मेडिसिटीमा उपचार गरिएको थियो ।
उनको उपचारका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड र छोरीहरु गंगा र रेणु दाहाल दुवै जना गएका छन् । सोमबार दिल्ली पुगेका सीता दाहालको उपचारका सम्बन्धमा अहिलेसम्म केही थाहा हुन सकेको छैन । आम जनचासोको विषय रहेको उनको उपचार कस्तो भइरहेको छ भन्नेमा थाहा हुन सकेको छैन ।
अन्य बखत सामाजिक सञ्जालमा सक्रिय रहने प्रचण्ड निजी सचिवालयमा पनि पछिल्ला दिनमा कुनै अपडेट देखिएको छैन । त्यस्तै भरतपुर महानगरपालिकाकी नगरप्रमुख एवं सीता पुत्री रेणु दाहालले पनि सामाजिक सञ्जालमा केही सार्वजनिक गरेकी छैनन् । सधैं सामाजिक सञ्जालमा सक्रिय रहने गंगाले पछिल्ला दिनमा छोरी स्मीता दाहालको गीतको भिडियो बाहेक केही शेयर गरेकी छैनन् ।
बिरामी दाहालको न्युरोजेन अस्पतालका निर्देशक एवं विश्वविख्यात डाक्टर आलोक शर्माले उपचार सुरु गरेको जनाइएको छ । तर, पनि अस्पतालले पनि सो बारेमा केही उल्लेख सार्वजनिक भइसकेको छैन ।

