संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलोपल्ट उपत्यकाबाहिर


कैलाली – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी आइपुगेका छन् । श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी आइपुगेका हुन्।

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक जाने कार्यक्रम रहेको जनाइएको छ । त्यसपछि धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली धनगढी ओर्लिएपछि स्थानीय नेता तथा कार्यकर्ताहरुले ओलीको समर्थनमा प्रदर्शन गरेका छन् । आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्।

प्रतिक्रिया