

पर्साबाट बाह्रबोर एकनाले बन्दुक सहित पक्राउ

पर्सा – पर्सागढी नगरपालिका-९ बडेरवाबाट सोही ठाउँ बस्ने २७ वर्षीय मनोज माझी मुसहरलाई बाह्रबोर एकनाले बन्दुक सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा लुकाई छिपाई राखेको बन्दुक लिई मनोज बाहिर निस्केको अवस्थामा ईलाका प्रहरी कार्यालय एकटांगा र अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

