

बलात्कार गरी जंगलमा फालेको अवस्थामा १९ वर्षे किशोरी भेटिइन्

काठमाडौं । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्वर ५ स्थित जंगलमा एक १९ वार्षिय किशोरीलाई अज्ञात समुहले बलात्कार गरी फालिएको अवस्थमा भेटिएको छ ।
अचेत अवस्थामा जङ्गलमा फालेको भेटिएकी ति किसोरीको हाल ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएको संविधानसभा सदस्य तथा कांग्रेसका नेता रामाहरि खतिवडाले जनाएका छन् ।
ति किशोरीको मिसन अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ ल्याउन प्रयास भइरहेको नेता खतिवडाले जनाए । उनका अनुसार आजै ति किशोरीलाइ हेलिकोप्टरमार्फत काठमान्डौ ल्याउन हेलिकप्टर पठाएको छ ।
कांग्रेस नेता खतिवडाले पीडित किशोरीको उपचारको व्यवस्था गरी दोषीलाई पत्ता लगाएर चाँडोभन्दा चााडो कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

