एकनाले बन्दुकसहित पर्सागढीबाट एक जना पक्राउ


वीरगञ्ज – प्रहरीले पर्साको पर्सागढी नगरपालिका-९ बडेर्वाबाट अवैध एकनाले बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडेर्वाकै २७ वर्षीय शिवु माझी मुसहर रहेका छन् । १२ बोरको एकनाले घरेलु बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ शिवुलाई एकनाले भरुवा बन्दुक बोकेर बडेर्वाबाट तेलियाटोलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय एक टाँगा र अस्थायी प्रहरी पोष्ट मनवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

तेलिया टोल जाने सडकखण्डमा खटिएको प्रहरी टोलीलाई देख्ने वित्तिकै शिवु भागेका थिए । लखेटेर उनलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओेम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया