

रौतहटबाट बाह्रबोरको बन्दुक सहित पक्राउ

रौतहट – रौतहटको गरुडा नगरपालिका(१ बाटबाह्रबोरको बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका-१ बस्ने ४२ वर्षीय जयमंगल महतोलाई शुक्रबार दिउँसो बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
उक्त नगरपालिका-१ जयनगरस्थित आफ्नो घर अगाडि बन्दुक पडकाउँदा सोही नगरपालिका-१ जयनगर बस्ने शेख समसैदको छोरा १० वर्षीय मजसिर शेख समेत ३ जनालाई छर्रा लागि घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरूको स्थानीय संजिवनी अस्पताल शिवनगर रौतहटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

