


धरानमा स्वतन्त्र हर्क साम्पाङलाई ९४२ मतको अग्रता

धरान- धरान उपमहानगरपालिकामा लौरो लिएर स्वतन्त्र उठेका हर्क साम्पाङले विस्तारै अग्रता बढाउँदै लगेका छन्। बिहीबार मध्यरातिसम्मको परिणाम अनुसार त्यहाँ साम्पाङले कांग्रेसका किशोर राईभन्दा ९४२ मतले अग्रता बनाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार साम्पाङले ९९५० मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईले ९००८ मत प्राप्त गरेका छन्। मेयरमा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ३ हजार मतले पछि पर्दै ७ हजार ३४८ मा समेटिएकी छन्।
साम्पाङसँग भण्डारी २६०२ मतले पछि छिन्। गठबन्धन उम्मेदवार राईसँग १६६० मतले उनी पछि छिन्। उपमेयर पदमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा १० हजार ३४५ मत ल्याएका छन्।
उनलाई एमाले उम्मेदवार पदम इस्वोले ९९३८ मतसहित पछ्याउँदैछन्। धरानमा मध्यरातिसम्म ३२ हजार ९०४ मत गनिएको छ। त्यहाँ वडा नं. ११, १३ र १४ को मत गनिँदैछ।

