

टिकापुर नगरप्रमुखमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उमेदवार विजयी

भजनी । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन् ।
थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई हराए । उनले नौ हजार ६४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याएमा छन् ।
त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन्। शाहले सात हजार ९५५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याएका छन् ।
टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।

