

विष्णुपुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित

राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी ९(जसपा) नेपालका उम्मेदवार उमेशप्रसाद यादवले तीन हजार १६४ मत प्राप्त गरी विजयी भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष लिलम्बर यादवले दुई हजार ८११ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रेणुकुमारी मण्डलले तीन हजार ३६५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपानेपालका उम्मेदवार उषाकुमारी साहले तीन हजार ४६ मत प्राप्त गरीन् ।

