भरतपुरमा ३६ हजार मत गणना सकियो, तीन हजारले रेनुको अग्रता


चितवन-  चितवनस्थित भरतपुर महानगरपालिकामा अहिलेसम्म ३६ हजार ३२० मत गणना सकिएको छ। पछिल्लो गणनासम्म माओवादी केन्द्रकी रेनु दाहालले ३००१ को अग्रता कायम गरेकी छन्। उनले अहिलेसम्म १४ हजार ७६६ मत ल्याएकी छन् भने उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ११७६५ मत ल्याएका छन्।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत ल्याएका छन्। यता उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मत ल्याएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरुङले भने ९ हजार ५०१ मत ल्याएकी छन्।

प्रतिक्रिया