

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७ हजार ५१ मतले अगाडि

काठमाडौं- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार गोपाल हमालले १३,८२३ मतसहित अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार ३०,६९८ मत गणना हुँदा हमालले सातहजार ५१ मतले अग्रता लिएका छन् ।
कांग्रेसका नृप वडले ६,७७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ३,२१७ मत ल्याएका छन् ।
उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले ६,१८१ मत ल्याएकी छन् । एमालेकी कन्द्रकलाकुमारी रानाले ५४५५ मत ल्याएकी छन् ।

