

११ औं पटक वडाध्यक्ष जित्ने सपना बुनेका ८१ वर्षीय व्यञ्जनकारले आफ्नै भतिजसँग हारे

काठमाडौँ– ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारको सपनामा ब्रेक लागेको छ। १० पटक लगातार स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका उनी यसपटक भने २८२ मतले पराजित भए।
उनलाई यसपटक आफ्नै भतिज नेपाली कांग्रेसका रवीमान व्यञ्जनकारले ८२५ मत ल्याएर हराए। पराजित नरसिंहले नरसिंहले ५४३ मत मात्रै ल्याए। व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए।

