भरतपुर अपडेट : रेनु २ हजार ५८ मतान्तरले अगाडि


काठमाडाैं – भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहाल २ हजार ५८ मतान्तरले अगाडि छिन् ।हालसम्म रेनुले ११ हजार २८८ मत पाएकी छिन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार २३० मत पाएका छन् । यो महानगरमा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो मत बढाइरहेका छन् ।

भुइँकटहर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत पाएका छन् ।

उमपेयरमा भने कांग्रेसकै चित्रसेन अधिकारी अगाडि छन् । अधिकारीले १३ हजार २४५ मत पाउँदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत पाएकी छिन् । हालसम्म ३० हजार ७४८ मत गणना सम्पन्न भएकाे छ ।

प्रतिक्रिया