

अवरुद्ध तुलसीपुरमा मत गणना सुरु : ३ जना प्रतिनिधि राख्ने सहमति

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको रोकिएको मतगणना फेरि सुरु भएको छ ।
गठबन्धनबाट ३ र एमालेबाट ३ जना प्रतिनिधि राख्ने सहमतिपछि तुलसीपुरको अबरुद्ध मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
मतगणना स्थलमा एजेन्ट अर्थात् उम्मेदवार प्रतिनिध प्रवेशको विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना कार्य रोकिएको थियो ।

