मतपत्रमा मतदाताकाे आक्रोश : ‘मेरो भोट, चोर नेताहरूलाई नो भोट’


मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । हेटौंडा २ स्थित सिद्धार्थ माविको मतगणना स्थलमा मतगणनाको क्रममा नौला र अनौठो रुप देखा परिरहेछन् ।

यस्तै आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मतगणनाको क्रममा पनि देखियो । मतदाताले मतदानको क्रममा मतपत्रमा चोर नेताहरूलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

मतदाताले मेरो भोट, चोर नेताहरूलाई नो भोट भनेर लेखेका छन् । हिजो (मंगलवार ) पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

प्रतिक्रिया