

साेलुखुम्बु साेलुदुधकण्डकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

साेलुखुम्बु – सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयर मेयरमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा र उपमेयरमा कांग्रेसकै गान्धिमाया तामाङ विजयी भएका छन् ।
एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गर्दै शेर्पा दाेस्राे कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । नाम्गेलजाङ्बु शेर्पाले चार हजार नाै सय ६८ मत ल्याउँदा एमालेका शेर्पाले चार हजार दुई सय ९० मत प्राप्त गरे ।
एमालेबाट उम्मेदवार बन्नुभएका आङकाजी शेर्पा कांग्रेसबाट मेयरको टिकट नपाएपछि उम्मेदवारी दर्ता गर्ने भन्दा केही दिनअघि एमालेमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए ।
उपमेयरमा पनि कांग्रेसकै गान्धिमाया तामाङले चार हजार तीन सय ८५ मत र उनका प्रतिस्पर्धी एमालेकी मोहनकुमारी कार्कीले चार हजार दुई सय ७३ मत प्राप्त गरे।
११ वडा रहेको नगरपालिकामा ६ वटा कांग्रेस, चार वटाम नेकपा एमाले र एक वडामा माओवादीले वडाध्यक्ष जितेकाे छ ।

