लमजुङकाे मध्यनेपाल-९ मा कांग्रेसकाे प्यानल नै विजयी


लमजुङ – लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ९ बाँङ्ग्रेमा वडा अध्यक्ष महेश कुमार पाण्डेसहित सबै सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारहरु विजयी भएका छन् ।

वडा अध्यक्षमा पाण्डेले ५१७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण कुँवरले ५१० मत प्राप्त गरे।

यस्तै विजयी हुने वडा सदस्यमा राम वहादुर रानाभाट, बिनोद गुरुङ, महिला सदस्य शान्‍ता कुवँर तथा दलित महिला सदस्य गौ माया रिमाल रहेका छन् ।

प्रतिक्रिया