
खिजिदेम्बा–४ मा कांग्रेसका सुनुवार विजयी, घोषित ७ मध्ये ६ वडामा कांग्रेसको जित
ओखलढुंगा – ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको प्यानलले जित हात पारेको छ ।
सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका होमबहादुर सुनुवारले ४६७ मत ल्याएर नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका छन् । सुनुवारका प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ३२१ मत ल्याएका छन् ।
खुल्ला सदस्यमा शुकबहादुर तामाङ, इन्द्रबहादुर भुजेल, महिला सदस्यमा तेजमाया खत्री र महिला दलित सदस्यमा रेश्मा परियार विजयी भएका छन् ।
९ वटा वडा रहेको खिजीदेम्बा गाउँपालिकामा अहिलेसम्म ७ वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । ती ७ मध्ये ६ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटा वडामा जसपा विजयी भएको छ ।
अब दुई वटा वडाको मतगणना बाँकी रहेको खिजिदेम्बामा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका भूपेन्द्र बस्नेत ४५१ मतले अगाडि रहेका छन् । उनलाई जसपाका उम्मेदवार गम्बु शेर्पाले पछ्याइरहेका छन् ।



कागजपत्र |
