नेपाल र भारतबीच ५ शैक्षिक, १ जल विद्युत आयोजनाकाे समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं – नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा ५ शैक्षिक र १ जल विद्युत आयोजनाकाे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएका समझदारीमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको आइसीसीआरबीच डा. अम्बेडकर चेयर फर बुद्धिष्ट स्टिडिजको स्थापना, त्रिभुवन विश्वविद्यालयको सीनास र काठमाडौं विश्वविद्यालयसँग आइसीसीआर चेयर अफ इन्डियन स्टडिजको स्थापना रहेको छ ।

यसैगरी, काठमाडौं विश्वविद्यालय र आइआइटी मद्रासबीच बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र आइआइटीबीच संयुक्त स्तातकोत्तर तहको अध्यापनको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरण र भारतको सतलज निगमबीच अरुण चौंथो आयोजना निर्माणको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया