राष्ट्रका नाममा मोदीकाे सम्बोधन, तीनवटै कृषि कानून फिर्ता लिने घोषणा


दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शुक्रबार) बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै विवादास्पद तीनवटै कृषि कानूनहरु फिर्ता लिने घोषणा गरेका छन् ।

ती कानून खारेजीको माग गर्दै एक वर्षदेखि किसानले राजधानी दिल्लीको सिमानामा प्रदर्शन गर्दै आएका छन् । किसान प्रदर्शनमा उत्रिएपछि सत्तारुढ दल बीजेपीमाथि दबाब थियो ।

उक्त सम्बोधनमा मोदीले कृषि बजेट पहिलेको तुलनामा पाँच गुणाले वृद्धि भएको जनाएका छन् । उत्तर प्रदेशका विभिन्न परियोजनाको उद्घाटनमा प्रस्थान गर्नु पूर्व मोदीले देशलाई सम्बोधन गरेका हुन् ।

कृषि कानुनले निजी कम्पनी र बिचौलियालाई फाइदा पुग्ने भन्दै किसानले कानून खारेजीको माग गर्दै आएका थिए ।

प्रतिक्रिया