भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज
दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोश्रो डोज लगाएका छन् । मोदीले बिहीबार खोपको दोश्रो डोज लगाएको आफ्नो ट्विीटरमार्फत जानकारी गराएका छन् ।
पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोश्रो डोज खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।
कोरोनालाई हराउने कम तरिकाहरुमध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।
भारतमा अहिले कोरोना महामारीको दोश्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोश्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । एजेन्सी
Got my second dose of the COVID-19 vaccine at AIIMS today.
Vaccination is among the few ways we have, to defeat the virus.
If you are eligible for the vaccine, get your shot soon. Register on https://t.co/hXdLpmaYSP. pic.twitter.com/XZzv6ULdan
— Narendra Modi (@narendramodi) April 8, 2021