भरतपुरमा रेनुलाई विजय सुवेदीले उछिने


चितवन – चितवनको भरतपुर महानगरपलिकामा मतगणनामा विजय सुवेदीले उछिनेका छन् । दिनभर मतान्तर साँघुरो बनाउँदै लगेका एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले आइतबार राति अग्रता लिएका छन् ।

मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी  उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २७०१ तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

प्रतिक्रिया