काठमाडौंमा बालेनकाे अग्रता कायमै, स्थापित दोब्बरभन्दा बढी मतले पछि


काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता कायमै छ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ४१३९ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी एमालेका मेयरका उम्मेदवार स्थापितले २१४८ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १९३४ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३३८४ मत ल्याई अग्रता कायम गरेकी छन् । सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ९९२ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६० मत प्राप्त गरेकी छन् । अहिले काठमाडौंका वडा नंं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ। ३२ वडा रहेको काठमाडौंमा एक लाख ९१ हजार मत खसेको छ।

 

प्रतिक्रिया