पाेखरामा एकीकृत समाजवादीकाे अग्रता


कास्की – पोखरा महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

आचार्यले एक हजार पाँच सय ८५ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णा थापाले एक हजार चार सय ८० मतसहित पछ्याइरहेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी काेपिला रानाभाटले एक हजार ६ सय ७६ मतसहित अग्रता लिइरहेकी छन् । एमालेकी मन्जुदेवी गुरुङले एक हजार पाँच सय ३२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया