देशभर थप ७ जनामा कोरोना पुष्टी, १५ जना संक्रमणमुक्त


काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना पुष्टी भएको छ ।

देशभर गरिएको २१८८ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा अहिलेको अवस्थामा १४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया