

बालेनलाई स्थापितको भन्दा झण्डै ‘डब्बल’ मत !
बालेनले ३११० ल्याउँदा स्थापितले ल्याए १६४५

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।
आइतबार दिउँसो २ः३० बजेसम्मको गणना अपडेट अनुसार बालेनले ३ हजार ११० मत प्राप्त गरी अग्रस्थानमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ६४५ मतका साथ पछ्याइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार बालेन स्थापितभन्दा १४६५ मतले अगाडि रहेका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६०२ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्। उनी एमाले उम्मेदवार केशव स्थापित भन्दा ४३ मतले पछि छन् ।

