बौंदीकालीका ५ वडामा मतगणना सम्पन्न, ३ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी


बौंदीकाली – नवलपुरको बौंदीकाली गाउँपालिकामा ५ वटा वडाको मतगणना सम्पन्न भएको छ । अहिलेसम्मको मतगणनाअनुसार एमालेले ३ वटा वडाको प्यानल जितेको छ भने कांग्रेसले २ वटा वडामा प्यानल नै जित हात पारेको छ ।

अहिले वडा नं. १ मिथुकरमको मत गन्ने काम सुरू भएको छ ।

मतगणनाअनुसार वडा नं २ डेढगाउँमा नेकपा एमालेको प्यानलले जित हात पारेको छ । वडाध्यक्षका एमाले उम्मेदवार श्याम श्रेष्ठले १३३५ मत ल्याएका छन् कांग्रेसका हेमराज ओझाले ७२५ मत ल्याएका छन् ।

यससँगै बौंदीकालीमा नेकपा एमालेले ३ वटा वडामा जित हात पारेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हात पारेको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार बौंदीकालीको ६, ५, ४, ३ र २ वडामा मतगणना सम्पन्न भइसकेको छ । यी ५मध्ये नेपाली एमालेले ३ र कांग्रेसले २ वडामा प्यानलसहित जित हात पारेको छ ।

वडामा नं. ६ मा नेपाली कांग्रेसका खुम बहादुर सारूले ७२१ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी पुर्ण थापा मगरले ६२१ मत ल्याएका छन् ।

त्यस्तै वडा नं. ५ मा नेकपा एमालेका खिम बहादुर थापा खरू मगर ४६२ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका  ओम बहादुर अस्लामी ३७५ मतका साथ पराजित भएका छन् ।

वडामा नं. ४ मा नेपाली कांग्रेसका मनबहादुर सारूले ८६८ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी मोहनबहादुर सारूले ३८६ मत ल्याएका छन् । विजयी सारू यसअघिका पनि वडाध्यक्ष थिए । यी तीनवटै वडामा प्यानलसहित जित हात पारेका हुन् ।

त्यस्तै वडा नं. ३ रकुवामा पनि  वडाध्यक्षका उम्मेदवार तेजबहादुर झेडीले ६२० मत ल्याएका छन् भने प्रतिद्वन्द्वी कुलबहादुर ठाढाले ५१९ मत प्राप्त गरेका थिए ।

अहिलेसम्मको मतगणनाअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रकाश ओझा २८२ मतले अगाडि रहेका छन् । उनले ३३७१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका केबी रानाले ३०८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी डिलकुमारी सारुले ३३६८ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसकी धनकान्ती घिमिरेले ३०४८ मत ल्याएका छन् । त्यस्तै माओवादीका टंक पुलामीले ५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार कृष्ण पराजुलीले खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया