काठमाडाैंमा बालेनकाे अग्रता कायमै, स्थापित ३१ मतले पछि


काठमाडाैं – काठमाडाैं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन शाहको अग्रता कायमै छ ।

राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिएका  छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले ५ सय २६ मत ल्याएर पच्छ्याइ रहेका छन् ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ सय १७ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गरेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ६ सय २ मत ल्याएर अग्रता कायमै छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ सय २६ र राप्रपाका उम्मेदवार विनिता मगैयाले पनि १ सय २६ मत नै प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया