भक्तपुरमा पहिलो पटक नेपाली कांग्रेसले खोल्यो खाता


भक्तपुर – भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ ।

जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो ।

उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् ।

जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ । चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो ।

प्रतिक्रिया