पोखरा महानगरपालिकामा मतगणना सुरु


पोखरा – पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा आज (शनिबार) दिउँसो मतगणना सुरु भएको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेपनि केही अबेर गरी मतगणना सुरु गरिएको हो ।

पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नेकपा एमालेबाट कृष्णबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य, राप्रपाबाट शंकरप्रसाद खराल, स्वतन्त्र उम्मेदवार गनेस पौडेल चर्चामा छन् ।

 

प्रतिक्रिया