धनुषामा १०३ वर्षीया वृद्धाले गरिन् मतदान


धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १०३ वर्षीया रत्नकुमारी खड्काले मतदान गरेकी छन् ।

गणेशमान चारनाथ नगरपालिका-२ स्थित आबुजुडी बजार मतदान केन्द्रमा उनले ८ बजेर ३५ मिनेटमा मतदान गरेकी हुन्।

मतदान अधिकृत रामबाबु ठाकुरका अनुसार उनले आफ्नी नातिनीको सहयोगमा मतदान गरेकी हुन् ।

कुल ६८२ जना मतदाता रहेको उक्त केन्द्रमा ९ बजेसम्म १०० मत खसिसकेको उनले बताए ।

प्रतिक्रिया